प्रतिनिधिसभा उम्मेदवारले मनोनयनपत्रसँगै अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने

काठमाडौँ, १ मंसिर । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले निर्वाचनमा गर्ने अनुमानित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्नेलगायत नयाँ व्यवस्था गरेको छ । निर्वाचन आयोगले रायसुझावका लागि आइतबार सार्वजनिक गरेको निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदाको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणमा राजनीतिक दल र उम्मेदवारले निर्वाचनासम्बन्धी…