नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : प्रकाशमान सिंह

काठमाडौँ, २४ कार्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन् । इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भई आज स्वदेश फर्किएका सिंहले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराइएको र जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको…