अजरबैजान जाँदै राष्ट्रपति पौडेल

काठमाडौँ, २१ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन यही कार्तिक २५ गते त्यसतर्फ जान लागेका छन् । सम्मेलन यही कार्तिक २६ सुरु भई मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन…