काठमाडौँ, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता भएको हो । बिहान करिब ४ बजे भएको भेटवार्ता आधा घण्टासम्म चलेको थियो । भेटमा…