मन्त्री भण्डारी र अष्ट्रेलियाली राजदूतबीच बिदाइ भेट

काठमाडौँ, ३० साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकाेमा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गरे । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर…