संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै सदनमा

काठमाडौँ, २४ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन संसद्को कानुन तथा मानवअधिकार समितिले बिहीबार बैठक बोलाएको छ । समितिमा १५ महिनादेखि विचाराधीन रहेको विधेयकलाई बिहीबार नै सदनमा पेस गर्ने तयारी छ ।  विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि सहजीकरण गर्न गत असार १३ मा गठन गरिएको…