राष्ट्रियसभा अध्यक्ष दाहाल र अस्ट्रेलियन राजदूत वोल्कबीच बिदाइ भेट

काठमाडौँ, २१ साउन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गरेकी छन् । नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नु राजदूत वोल्कले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेकी हुन् । बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय…