काठमाडौँ, २३ साउन । बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण ४० मेगावाट विद्युत् बिक्री सम्झौता अनिश्चित बनेको छ । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा विद्यार्थीहरूको आन्दोलन चर्किंदै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । हसिनाको बहिर्गमनपछि बंगलादेशमा अन्तरिम सरकार निर्माणको प्रक्रिया सुरु भए पनि राजनीतिक अन्योल कायमै छ । जसका कारण ४० मेगावाट बिजुली…