काठमाडौँ, २१ साउन । प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत गरेका छन् । उनले भने, ‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना…