भ्रष्टाचार मुद्दाको हदम्यादमा कांग्रेस सांसदको असहमति

काठमाडौँ, २३ साउन । राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा कांग्रेसका सांसदहरूले भ्रष्टाचार मुद्दामा हदम्याद सम्बन्धी नयाँ व्यवस्थामा असहमति जनाएका छन् । समितिको ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक, २०७६’ माथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए । छलफलको सुरुवातमै कांग्रेसका सांसदले विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । २०७६ मा ओली…