अछाम, २७ जेठ । पञ्चदेवल विनायक नगरपालिका–२ की वडा सदस्य शारदा नेपाली सामान्य साक्षर छिन् । चुलोचौको, खेतीपाती र मेलापातमा सीमित रहेकी उनलाई २ वर्षअघि स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट दलित महिला वडा सदस्यको उम्मेदवार बन्न प्रस्ताव आयो । राजनीतिबारे त्यति जानकार नभएकी शारदा सुरुमा त अलमल परिन् । अन्ततः परिवारको सल्लाहमा पार्टीले दिएको पदमा उम्मेदवार बनेर निर्वाचित…