काठमाडौँ, १० जेठ । काठमाडौँको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले सेवाग्राहिबाट लिइसकेको…