काठमाडौँ, ७ जेठ । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् । गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरू समेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था…