काठमाडौँ, २५ वैशाख । पटक–पटक टुटफुट हुँदै आएको जनता समाजवादी पार्टी, नेपाल फेरि एक पटक सत्ताको गोलचक्करका कारण विभाजित बनेको छ । १२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई सोमबार निर्वाचन आयोगले दलको मान्यता दिएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसद्मा…