गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन

काठमाडौँ, २४ वैशाख । गृह मन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।  विभिन्न आरोपमा पक्राउ परेका व्यक्ति पहुँचको भरमा चिकित्सकको सिफारिसका आधारमा हिरासत छल्न अस्पताल भर्ना हुने गरेको चर्चा हुने गरेको छ । यस्तो अवस्थालाई रोक्न भन्दै गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय…