काठमाडौँ, २० वैशाख । वैदेशिक रोजगारी नेपाली युवाको रोजगारीको एक प्रमुख क्षेत्र बनेको छ । बर्सेनि श्रम बजारमा भित्रिने झन्डै तीन चौथाइ युवालाई वैदेशिक रोजगारीले नै अवसर प्रदान गरेको छ भने अर्थतन्त्रको मेरुदण्डका रूपमा यसले स्थान लिएको छ । विदेशी मुद्रा आर्जन मात्रै होइन, गरिबी निवारणमा प्रमुख योगदानकर्ताका साथै विप्रेषणको अग्रणी स्रोतको रूपमा समेत यो क्षेत्र रहेको छ । …