सातै प्रदेशमा एयर एम्बुलेन्स आवश्यक : गृहमन्त्री लामिछाने

काठमाडौँ, २१ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्‌मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताएका छन् ।  आज राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद्‌मा परेका नागरिकहरूको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी रहेको बताएका हुन् । उनले सातै प्रदेशले एयर एम्बुलेन्सको…