काठमाडौँ, १२ वैशाख । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबिच दुई पक्षीय वार्ता भएको छ । काठमाडौँको होटल सोल्टीमा केहीबेर अघि दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ । दुई पक्षीय भेटवार्तामा कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका तर्फबाट प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेका छन्…