काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । आज नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको…