काठमाडौँ, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार नियुक्तिमा हस्तक्षेप गरेका छन् । उपकुलपति केशरजंग बराललाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार डाकेर रेक्टर र रजिस्ट्रार नियुक्तिमा पुनर्विचार गर्न दाहाल र ओलीले दबाब दिएका हुन् । उपकुलपतिले त्रिवि ऐनअनुसार चैत १५ मा रेक्टरमा प्रा.डा. खड्ग केसी र…