काठमाडौँ, २२ चैत । जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । आज बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट खानलाई समानुपातिक सांसदका निम्ति सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यही चैत ४ गते जसपाकी सांसद मञ्जु अन्सारीको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ…