काठमाडौँ, २४ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहमा उहाँले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पूँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको…