काठमाडौँ, १५ चैत । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनीहरुको जायज माग सम्बोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको अग्रसरतामा धर्नारत दीपक भण्डारीबीच तीन सदस्यीय समिति गठन सहित तीन बुँदे सहमति भएको हो ।मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा…