काठमाडौँ, १३ चैत । नेपाल वायुसेवा निगमको उच्च व्यवस्थापनले नियमविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) मा टिकट तथा कार्गो कारोबार गर्ने एजेन्टको म्याद थपको प्रक्रिया अगाडि बढाएको छ । सम्झौता अवधि सकिएपछि पनि टेन्डर नगरी ३९ महिनादेखि जिम्मेवारी दिइएको कम्पनीलाई पुनः तीन वर्ष म्याद थप्न निगम व्यवस्थापनले सञ्चालक समितिमा प्रस्ताव पेस गरेको हो । निगमको वाणिज्य विभाग स्रोतका…