२३ वटा कम्पनी परे कालोसूचीमा (सूचीसहित)

काठमाडौँ, १४ चैत । सार्वजनिक खरिद अनुगमन कार्यालयले केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।  कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।