चितवन, १३ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको महत्व बुझाउन जरुरी रहेको बताएका छन् । आज भरतपुर महानगरपालिकाले मङ्गलबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको बताए । उनले भने, “राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ ।” आफ्नो कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्ने उनले बताए । उनले…