काठमाडौँ, २० असोज । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार सङ्घीय मामिलाका सहसचिव…