राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज

काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज (सोमबार) शपथ लिँदै छन् । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालका अनुसार सोमबार बिहान साढे ११ बजे शपथ कार्यक्रम तय भएको छ । गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १–१ राष्ट्रिय सभा सदस्यले शपथ लिन लागेका हुन् । …