काठमाडौँ, २२ असोज । विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो ‘सम्मानजनक’ बहिर्गमनको बाटो खोज्न थालेका छन् । उनले बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाले लामो समयसम्म राजनीतिक भेटघाट गरेका…