एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

काठमाडौँ, ९ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने उनले बताए ।  …