सभामुख घिमिरेद्वारा विपद्‌मा खेलेको भूमिकालाई लिएर सरकारलाई धन्यवाद

काठमाडौँ, १९ असोज । सभामुख देवराज घिमिरेले विपद्मा खेलेको भूमिकालाई लिएर सरकारलाई धन्यवाद दिएका छन् । आइतबार सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढी/पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएका हुन्। विपदबाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्न गर्दै उनले सरकारको भूमिकाको प्रशंसा गरेका हुन्…