विराटनगर, १ फागुन । सार्वजनिक मञ्चबाट दिएको पछिल्लो अभिव्यक्तिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आलोचित बनेका छन् । सोमबार मोरङको सुन्दरहरैंचास्थित साँजीलाल माविको वार्षिकोत्सवमा उनले आफू विद्यार्थीकालमा सधैं लास्ट बेन्चर भएर पनि मुख्यमन्त्री बन्न सफल भएको तर फस्ट बेन्चर खरिदार भएर भुँडीमात्र भर्न ठिक्क भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री कार्कीले आफूहरूको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति…