अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

काठमाडौँ, १३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । शनिबार ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल–चीन तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।…