काठमाडौँ, १३ असोज । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु जरुरी रहेको बताएका छन् । विजया दशमीको उपलक्षमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाइ आह्वान गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, “फजुल…