काठमाडौँ, ११ पौष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेको बताएका छन् । बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले व्यवस्थाविरूद्ध प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको बताएका हुन् । उनले मोर्चाको बैठक समाप्त नभइसकेको र त्यसमा मिहीन छलफल हुने पनि बताए । ‘संविधानमाथि आक्रमण हुन थाल्यो। हामी फेरि गम्भीर बन्नुपर्छ। अहिले प्रतिगामी…