काठमाडौँ, २२ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिवसीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्गलगायतका नेता तथा विषय विज्ञहरुले प्रशिक्षण दिए ।अध्यक्ष यादवले पार्टीको आदर्श, सामाजिक न्याय, सुशासन र समाजवादबारे प्रशिक्षण दिएको…