काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण पछिल्लो समय आम जनतामा आशाको किरण प्रवाह भएको दाबी गरेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै गर्दा विभिन्न खालका जटिलता भोग्नुपरेको बताए । आफू प्रधानमन्त्री भए लगत्तै सामाजिक न्याय…