सप्तरी, २२ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी युवा संघको सप्तरी जिल्ला समिति पुनर्गन भएको छ । राजविराजस्थित संगठनको जिल्ला कार्यालयमा आयोजित समितिको विस्तारित बैठकले केदार प्रसाद यादवको नेतृत्वमा ३१ सदस्यीय समिति पुनर्गठन गरेकोे हो । पार्टीको जिल्ला समितिले यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेसँगै संगठनको बैठक बसी पदाधिकारी तथा सदस्यहरु चयन भएका हुन्…