तनहुँ, २१ मंसिर । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन् । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताए । उनले…