देउवा निवासमा भेटिएको नोटबारे निष्पक्ष छानबिन होस् : महामन्त्री शर्मा

विराटनगर, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोटका बारेमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।  सोमबार विराटनगरस्थित कोइराला निवास पुगेर पत्रकारसँग कुरा गर्दै शर्माले अनुमान र हल्लाका भरमा भन्दा पनि निष्पक्ष छानबिनबाट सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिए । राज्यका निकायहरूले अनुसन्धान गरिरहेका भन्दै उनले त्यसैको नतिजालाई…