काठमाडौँ, ४ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् । आज काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताए । उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे । विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र…