काठमाडौँ, ३ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ यातायातको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था…