सामाजिक सञ्जाल नियमन आवश्यक छ, सरकार नियन्त्रणतिर लाग्यो: उपमहासचिव ज्ञवाली

काठमाडौँ, २७ कार्तिक । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाल नियमन गर्नुको सट्टा नियन्त्रण गर्न लागेको बताएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। यसबारे टिप्पणी गर्दै उपमहासचिव ज्ञवालीले ‘जुम्रा पर्‍यो भनेर रोकथाम, नियन्त्रणको उपाय अवलम्बन गर्नुभन्दा टाउकै काटेर फ्याँक्न उद्दत भएजस्तो’ भएको बताए । ‘गर्नुपर्ने प्रभावकारी नियमन थियो। नियमनकारी…