चीनले सहयोग गरेको सामग्री तत्काल पीडितसम्म पुराइनेछ :मन्त्री श्रेष्ठ

पोखरा, २२ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले उपलब्ध गराएको राहत सामग्री बुझेका छन् । आज पोखरा विमानस्थलमा राहत सामग्री बुझ्दै उनले प्राप्त सामग्री छिटोभन्दा छिटो पीडितसम्म पुर्‍याउने प्रतिबद्धता जनाए ।  उनले भने, 'अहिले मित्रराष्ट्रले सहयोग पठाइरहेका छन् । नेपालगन्जमा भारतले हस्तान्तरण गरेको सामग्री जाजरकोट पठाइसकेका छौँ । आज चीनले सहयोग गरेको…