जर्मनीले मङ्कीपक्स प्रभावित अफ्रिकी देशमा खोप सहयोग गर्ने

एजेन्सी, ११ भदौ । जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ । अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ…