काठमाडौ ३ भदौ । युरोपेली राष्ट्र स्पेनले फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको ९ औँ संस्करणको फाइनल खेलमा इंग्ल्यान्डलाई १(० गोलले हराउँदै स्पेनले महिला विश्वकपको उपाधिमा पहिलो पटक जितेको हो । स्पेन विश्वकपको समूह चरणको खेलमा जापानसँग ४(० गोलले पराजित भए पनि उपाधि उचाल्न सफल भयो ।…