काठमाडौँ, २३ असोज । अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आत्मघाती हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रार्थनाको समयमा भएको उक्त आक्रमणमा एक सयजना भन्दा बढी घाइते भएकाले मृतक संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । त्यहाँ इस्लामिक स्टेटसहितका…