अर्थ

एकद्धार प्रणाली लागु गर्न महासंघले प्रस्ताव लैजाने



अमिर रामदाम,
काठमाण्डौं, ४ फागुन । सुनको पारदर्शीता, कालोबजारीको अन्त्य, बैज्ञानिक गहना निर्देशिका, सुनको सहजीकरण लगायतका विभिन्न पाँच बुदेँ माग राख्दै हरिशंकर सर्राफको नेतृत्वमा रहेको सुनचाँदी पीडित संघर्ष समितिले सुनचाँदीसंग सम्बन्धीत महासंघहरु ज्ञापन पत्र बुझाउँदै संघर्षको ज्ञानकारी गराएका छन । सर्राफले १० दिने समयावधि दिदैँ महासंघहरुलाई ध्यानाकार्षण गराएका थिए ।

संघर्ष समितिको मागप्रति केहि लचिलो हुदैँ माघ २७ गते नेपाल सुनचाँदी व्यवसायी महासंघले फागुन ४ गते महासंघको कार्यालय नक्सालमा संघर्ष समितिलाई छलफलका लागि बोलाएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यको संयोजकत्वमा बुधबार महासंघको कार्यालयमा संयुक्त छलफल भएको थियो ।

नेपाल सरकारबाट लिइएको पान नम्बर, सम्बन्धीत संघहरुले प्रदान गरेको सदस्यता र व्यवसायले तिर्ने गरेको करको आधारमा साथै महासंघमा आबद्ध रहेका जिल्ला, नगर संघहरुमा सुनको आवश्यकता बारे पुनःमूल्याङकन गर्ने, नेपाल राष्ट्र वैंक लगायत सम्बन्धित निकायहरुमा सुन वितरणमा एकद्धार प्रणाली गर्नको लागि महासंघले यथासिघ्र अधिकतम प्रयास गर्नको लागि महासंघको संचालक समितिको वैठकमा यस प्रस्तावलाई पेश गर्ने तथा संचालक समितिको निर्णय प्रतिलिपी सम्बन्धित जिल्लामा पत्राचार गर्ने र महासंघ अन्र्तगतको कुन कुन जिल्ला तथा नगरहरुले कति कति सुन प्राप्त ग¥यो यसबारे महासंघको वेभसाइटमा राख्ने र सो जानकारी व्यवसायीहरुलाई पत्रचार गर्ने संयुक्त छलफलबाट निर्णय भएको छ ।

छलफलमा महासंघ महासंघको तर्फबाट कोषाध्यक्ष महेन्द्ररत्न शाक्य,सचिव किरणभाई बज्रचार्य,केन्द्रिय सदस्य मनोजकुमार साह र पवन सोमानीको उपस्थिती रहेको थियो ।

त्यस्तै छलफलमा सुनचाँदी पीडित संघर्ष समितिको तर्फबाट वार्ता संयोजक भनिएका प्रवेश कुमार सर्राफ, सदस्यहरु शिव सर्राफ, हरिशंकर सर्राफ, देवी प्रसाद बर्मा, अजय कुमार साह, गोपि कृष्ण शर्मा, भिमबहादुर सुनार, विनोद शाह सोनार र सुसन रामुदामुको उपस्थिती रहेको थियो ।