अर्थ

स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले दश अर्ब उपलब्ध गराउने



काठमाडौँ, ९ फागुन । स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले १० अर्ब २९ करोड ६३ लाख ७६ हजार सात सय ७५ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सो कुरा जानकारी गराएका हुन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए ।

प्रवक्ता कार्कीले भने, ‘मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।’