अर्थ

मेघा लुब्रिकेन्टसका उत्कृष्ट डिलर बालीमा



काठमाडौं,१० फागुन । पूर्वाञ्चल ल्युब आयल पीएलओ बाट उत्पादित मेघा लुब्रिकेन्टसले सात डिलरलाई इन्डोनेशियाको बाली भ्रमणका लागि पठाएको छ ।

मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेशियाका विभिन्न उद्योगको अवलोकन गर्ने बताइएको छ ।

मेगाले देशभर उत्कृष्ट कारोबार गर्ने आफ्ना डिलरलाई भ्रमणमा सहभागी गराएको जारी विज्ञप्तिमा उल्लेख छ । मेगाले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफुमातहत रहने दाबी गरेको छ । यसअघि पीएलओले मलेसिया, थाईल्याण्ड, इन्डोनेशिया र सिंगापूरलगायत मुलुकमा डिलरमिट र भ्रमण गरिसकेको दुलालले जानकारी दिए ।